समाज

भतिजले बाँसको भाटाले हान्दा काकाको मृत्यु

रौतहट– बच्चाको निहुँमा झगडा हुँदा रौतहटमा एक जनाको मृत्यु भएको छ। रौतहटको गरुडा नगरपालिका ७ पिपरिया दोस्तियामा बच्चाको निहुँमा भतिज र काकाबीच झगडा हुँदा काका रामकिशुन यादव भन्ने कुसुन्दर यादवको मृत्यु भएको हो।

सामान्य विवादले नै उग्र रुप लिएपछि भतिज मनोजले रिसको झोंकमा बाँसको भाटाले काका यादवलाई टाउकोमा हानेका थिए। टाउकोमा गम्भीर चोट लागेपछि उपचारको क्रममा वीरगञ्जको हेल्थ केयर अस्पतालमा पठाउँदा उपचारकै क्रममा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। 

काकालाई मार्ने भतिजलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए।

प्रकाशित: १८ चैत्र २०७४ १५:०८ आइतबार

भतिजले बाँसको भाटाले हान्दा काकाको मृत्यु