समाज

मर्स्याङ्दी बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या २७ पुग्यो

मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ।

बसमा सवार ४३ जना यात्रुको उद्धार गरेपनि २७ जनाको भने मृत्यु भएको प्रहरीले जनाएको छ।

उद्धार गरेको १६ जनाको भने काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्यको स्थानीय आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार दिउँसो करिब साढे एघार बजे भारतीय नम्बर प्लेटको उक्त बस तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ बाट मर्स्याङ्दी नदीमा खसेको थियो। बस पोखराबाट काठमाडौँ आउँदै थियो।

प्रकाशित: ७ भाद्र २०८१ १८:३४ शुक्रबार

#Masagdi Bus Accident