समाज

संसदीय छानबिन समितिले रवि लामिछानेसँग लियो बयान

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ।

शुक्रबार बसेको समितिको बैठकले लामिछानेको बयान लिएको हो। तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले लामिछानेलाई बयान लिएको समितिले जनाएको छ।

त्यस्तै समितिले शुक्रबार नै गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीसँग पनि बयान लिएको थियो।

प्रकाशित: ७ भाद्र २०८१ १८:०१ शुक्रबार