समाज

मर्स्याङ्दी नदी बस दुर्घटना: १२ जनालाई उपचारका लागि काठमाडौं ल्याइयो

मर्स्याङ्दी नदीमा खसेको बसबाट उद्धार गरिएका ३१ मध्ये १२ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

१४ जनाको ज्यान जाने गरी दिउँसो मर्स्याङ्दी नदीमा खसेको उक्त बसमा ४३ जना सवार थिए।

उद्धार गरिएका मध्ये गम्भीर अवस्थाका १२ जनालाई उपचारका लागि महारागजञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो। अन्य ९ जनालाई उपचारका लागि आबुखैरेनीमा रहेको अस्पताल भर्ना गरिएको छ।

प्रकाशित: ७ भाद्र २०८१ १६:१७ शुक्रबार

#Masagdi Bus Accident