समाज

मर्स्याङ्दीमा खसेको बस भारतीय, उद्धार कार्य जारी

तनहुँको आँबुखैरेनी- २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको यात्रुवाहक बस भारतीय रहेको खुलेकाे छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी दिपक कुमार रायका अनुसार यात्रुवाहक बस भारतीय भएको र कहाँ जाँदै गरेको भने खुल्न बाँकी छ।

उनले भने, 'यात्रुवाहक बस भारतीय भएको भन्ने छ। तर अरु भने खुल्न सकेको छैन। अहिले हाम्रो टोली पुगीसकेको छ। उद्धार कार्य जारी छ।' 

प्रकाशित: ७ भाद्र २०८१ १२:३० शुक्रबार

#Masagdi accident