समाज

गौरीसल्ला जिप दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु

फाइल तस्बिर

हुम्लाको चंखेली गाउँपालिका–२ गौरीसल्लामा भएको जिप दुर्घटनाका एकजना घाइतेको मृत्यु भएको छ। मृत्यु हुनेमा २४ वर्षीय रमेश मल्ल रहेका छन्।

उनको उपचारका क्रममा सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान गौरीसल्लामा भएको जिप दुर्घटनाका गम्भीर घाइते चार जनालाई सिम्रिक एयरको हेलिकप्टोरमार्फत प्रदेश अस्पताल ल्याइएको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गौरीसल्लाबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश २००च०९२२ नम्बरको जिप दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका ७ जनामध्ये चंखेली गाउँपालिका–२, सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही र छायानाथ रारा नगरपालिका–१३, का रमेश मल्ल, र पृथ्वी रावतलाई थप उपचारका लागि सुर्खेत ल्याइएको थियो। 

प्रकाशित: ६ भाद्र २०८१ १०:०५ बिहीबार

#Humla #Changkheli Rural Municipality