समाज

गाईजात्राको अवसरमा ‘प्राइड परेड’ (तस्बिरहरू)

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

गाईजात्राको अवसरमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले राजधानीमा 'प्राइड परेड' मनाएका छन्।

तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका सदस्यहरूले गाईजात्रालाई आफ्नो गौरव दिवस अर्थात 'प्राइड डे' का रूपमा मनाएका हुन्। उनीहरूले प्रत्येक वर्ष यस दिनलाई आफ्नो गौरवपूर्ण दिनको रुपमा मनाउने गर्छन्।

यस पर्वको अवसरमा काठमाडौंको ठमेलमा नेपाल ब्लु डाइमन्ड सोसाइटी र नील हिरा समाजको आयोजनामा २१ औं प्राइड परेडको आयोजना गरिएको थियो। ठमेलबाट सुरु भएको परेड वसन्तपुमा समापन भएको थियो।

‘संस्कृति मनाऔं, लैंगिक विविधतालाई अंगालौं’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।

तस्बिरहरु : दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: ४ भाद्र २०८१ १६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App