समाज

विश्व फोटो पत्रकारिता दिवस: पाटनमा फोटो प्रदर्शनी

राष्ट्रिय फोटो पत्रकार समूहले नेपालमा अवस्थित हिमालका तस्बिरहरू प्रदर्शन गरेको छ ।

ललितपुरको पाटन दरबार स्क्वायरमा समूहको २७ वर्ष पुगेको अवसरमा सोमबारदेखि फोटो प्रदर्शनी आयोजना गरेको हो । फोटो पत्रकार समूहले हरेक वर्ष विश्व फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी लगायत विविध कार्यक्रमहरू गर्दै आएको जनाएको छ।

फोटो प्रदर्शनी भने तीन वर्षअघिबाट मात्रै सुरु गरेको र त्यसकै निरन्तरता स्वरूप प्रदर्शनीको आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए। उनले जलवायु परिवर्तनले विश्वमा पारेको प्रभावसँगै हिमालहरूमा परेको अवसरको जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिएको बताए । उनले फोटो प्रदर्शनीमा ४० फोटो पत्रकाहरुले खिच्नुभएका ५५ वटा हिमालका फोटाहरू राखिएको बताए।

अध्यक्ष पन्तले विगतको तुलनामा अहिले फोटो  खिच्नको लागि पत्रकारहरूलाई सहज अवस्था नभएको बताए । उनले पछिल्लो समय फोटो पत्रकारहरूको पेसालाई पनि आर्टिफिसियल इन्टिेलिजेन्स (एआई) ले चुनौती दिइरहेको बताए । उनले एआई,मोबाइल फोटो ग्राफिक्सको कारणले व्यावसायिक फोटो पत्रकारितालाई असर पारेको देखिएको बताए।

अध्यक्ष पन्तले फोटो पत्रकारिता व्यवसायको क्षमता विकास गरी नेपालका ऐतिहासिक फोटोहरूको माध्यमबाट विश्वलाई चिनाउँदै फोटोमार्फत पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए। ऐतिहासिक तस्बिरहरूले राष्ट्रको पहिचान बढाउने बताए । 

प्रकाशित: ३ भाद्र २०८१ १५:४६ सोमबार

#Photo exhibition #World Photojournalism Day