समाज

नेपालमा हरेक कुरा सम्भव भएको आभास वर्तमान सरकारले दिएको छ: मन्त्री ठकुरी

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा हरेक कुरा सम्भव भएको आभास वर्तमान सरकारले दिएको बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित खौं पर्वको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन  । उनले सरकारले अब देशमा निराशा बाँड्ने नभई आस जगाउने काम गरिरहेको बताए। उनले देशमा केही हुँदैन भन्ने भाष्यलाई नेपालमै सम्भव छ भन्ने कुरा वर्तमान सरकारका काम कारबाहीबाट देखिएको बताए ।

उनले वर्तमान सरकार बनेपछि देशमा अहिले आर्थिक क्षेत्र चलायमान भएको बताए । उनले देशका हरेक उद्योगपति, लगानीकर्ताहरू उत्साहित रहेको दाबी गरे। उनले लामो समयदेखि बाँकी रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि प्रतिनिधि सभाबाट पारित भएको बताए । शान्ति र दिगो विकासको परिस्थिति अघि बढेको उनको भनाइ थियो ।

सरकारले देशमा अब सुशासन कायम गर्दै विकासका गतिविधि अघि बढाउने र नेपाललाई नयाँ गतिमा लैजाने प्रण गरेको बताए । मन्त्री ठकुरीले धर्म, संस्कृतिको जगेर्ना गरे मात्रै देश मजबुत हुने बताए । जहाँ रहे पनि आफ्नो संस्कृति, संस्कार, धर्म र कर्तव्य भुल्नु नहुने बताए । 

प्रकाशित: १ भाद्र २०८१ १८:४२ शनिबार

#Forest and Environment Minister Ain Bahadur Shahi Thakuri