समाज

थामे गाउँको बाढी: घट्यो पानीको वहाव

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा आएको बाढीको वहाव भने घटेको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक (डिएसपी) द्वारिकाप्रसाद घिमिरेका अनुसार अहिले नदिमा पानीको वहाव भने घटेको छ।

बाढीले १२ वटा घर र एउटा अधारभूत विद्यालय बगाएको छ। त्यस्तै एउटा क्लिनिक पनि बगाएको घिमीरेले जानकारी दिए।

बाढीबाट सात वटा घर जोखिममा रहेको छ। नदिले कटान गर्दा भने पहिरोको जोखिम बढेको छ।

शुक्रबार दिउँसो सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा नं. ५ थामे आसपास लोतोसहितको बाढी आएको छ। 

जल तथा मौसम विज्ञान विभागले एक सूचना प्रकाशित गरी सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित रहन पनि अनुरोध गरेको छ।

प्रकाशित: ३२ श्रावण २०८१ १७:०४ शुक्रबार

#Thama Badi