समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः  रोजगारीको अवसर मिल्ने समय छ। वाणी सफल हुने दिन छ। आर्थिक प्राप्तिमा सफलता मिल्ने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ।

वृष राशिः अध्ययन र धार्मिक कार्यमा रुचि बढ्ने छ।  नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। व्यवसाय गर्नेहरूलाई दिन हल्का राम्रो छ। बिलासी कार्यमा रुची नलिनु होला।

मिथुन राशिः व्यापारमा मध्यम फल प्राप्त हुनेछ। स्वास्थ्यमा केही विकार आउने देखिन्छ। कार्यमा केही व्यक्तिले सामान्य मतभिन्नता सृजना गर्न सक्नेछन्। विद्यार्थीका लागि पढाइ राम्रो हुने दिन रहेको छ।

कर्कट राशिः अध्ययनमा सफलता मिल्ने छ। व्यापारको काम गर्दा विचार पुरयाएर गर्नु होला। छोटो यात्रा गर्नु राम्रो होला। बाहिर सामान्य लाभ हुन सक्ने हुँदा, मन आनन्द रहला। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

सिंह राशिः परिवारमा धन खर्च हुने समय देखिन्छ। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ छ। स्वदेश यात्राको योग रहेको छ। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। कार्यगर्दा विचारपूर्वक गर्नुहोला।

कन्या राशिः धन प्राप्त हुने समय छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। धातु  सम्वन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ। सामाजिक पदप्रतिष्ठा, सम्मान मिल्ने छ।

तुला राशिः पारिवारिक संयोग र मधुर भोजनले मन प्रसन्न हुने छ। पढाइमा रुचि बढ्ने छ। अध्यापनमा मान, पद, सफलता मिल्ने योग छ। कर्णमा सामान्य विकार आउने देखिन्छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ।

वृश्चिक राशिः नयाँ कार्यमा केही अर्थ व्यय हुने दिन छ। आँखामा सामान्य समस्या देखिन सक्छ। पढाईको क्षेत्रमा शुभ छ। विलासी कार्यमा प्रवेश नगर्नु होला। जीवन सँगिनीसँग प्रेम सद्भाव रहने छ। व्यवसायमा शुभ समय छ।

धनु राशिः उन्नति प्रगति कम हुने दिन छ। पठन पाठनमा रुचि बढ्ने छ। परिवारमा सामान्य रोग देखा पर्न सक्ने छ। अरूको सहयोग लिएर काम नगरी आफै कार्य गर्नु होला। सामाजिक कार्यमा सफलता मिल्ने छ।

मकर राशिः वैदेशिक यात्राको समय देखिन्छ। व्यापार व्यवसायमा कम फल प्राप्तिको योग छ।  साथीभाइसँगको रमाइलो भेटघाट हुनेछ  पढाईमा कार्यसिद्धि योग छ। पराक्रमबाट कार्य सिद्धि हुनेछ।

कुम्भ राशिः सरकारी काम प्राप्त हुने योग छ। प्राविधिक उद्योगमा लगानी गर्दा राम्रो हुन्छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। सामान्य चर्म रोग देखिन सक्छ। व्यापार व्यवसायमा मध्यम देखिन्छ।

मीन राशिः भूमि सम्बन्धी काममा फल प्राप्तिको योग छ। व्यवसायमा लगानीबाट फल प्राप्त हुनेछ। बाहिरी, विलासी खानपानमा रुची नगर्नु वेस हुन्छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। आर्थिक लाभ हुने दिन छ।  

प्रकाशित: २९ श्रावण २०८१ ०६:२० मंगलबार

# Tula Rasi # Rashifal