समाज

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाली गोदावरी-२ घर भएकी हाल काठमाण्डौं-३१ बानेश्वर बस्ने दिपा चन्द रहेकी छिन्। उनलाई आइतबार भक्तपुर ठिमीबाट प्रहरीले पक्राउ गरेको हो।

चन्दले पोर्चुगल पठाइदिन्छु भन्दै पीडितबाट ५ लाख ३५ हजार रकम लिएकी थिइन्। त्यसपछि भने उनी सम्पर्क विहीन भएकी थिइन्।

थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २८ श्रावण २०८१ १८:०५ सोमबार

#Nepal Police