समाज

गोकर्णेश्वरको धागो फ्याक्ट्रीमा आगलागी

काठमाडौंको जोरपाटीस्थित गोकर्णेश्वरमा आगलागी भएको छ। 

जोरपाटीस्थित गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा रहेको  एक धागो फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

ओखलढुङगा स्थायी घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजल भूमिस्थली बस्ने बुद्धिबहादुर कार्कीले सञ्चालन गरेको मनकामना धागो कारखानामा आगलागी भएको अधिकारीले जानकारी दिए।

आगलागी नियन्त्रणका  लागि ५०  जना प्रहरी, २५ जना नेपाली सेना र स्थानीयवासी परिचालित भैरहेको उनको भनाई छ। 

प्रकाशित: २५ श्रावण २०८१ १८:२६ शुक्रबार

#fire