समाज

टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ।

फ्लाइट राडरका अनुसार अघि बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो।

‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ।

विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि ओभरसुट गर्ने गरिन्छ। 

एक एयर ट्राफिक कन्ट्रोलर ९एटिसी०का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो। रासस

प्रकाशित: २४ श्रावण २०८१ ०६:४४ बिहीबार

#turkish airlines