समाज

तपाईंको आजको राशिफल

मेष राशिः परिवारमा सामान्य उदर रोग देखा पर्न सक्ने छ। व्यापार व्यवसायमा लाभ देखिन्छ। पठन पाठनमा रुची बढ्ने छ। आफन्तको सहयोग लिएर कार्य गर्नु होला। नयाँ कार्यमा अर्थ लाभ हुने दिन छ।

वृष राशिः कार्यसिद्धिमा सामान्य बाधा छ। धार्मिक कार्यमा रुची बढ्ने देखिन्छ। नयाँ कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। बिलासी कार्यमा रुची नलिनु राम्रो छ। व्यवसाय गर्नेलाई दिन मध्यम छ।

मिथुन राशिः आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। बस्र सम्वन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त नहुन सक्छ। अध्ययनमा सफलता मिल्ने योग छ। धन प्राप्तीमा ढिला हुने समय छ।

कर्कट राशिः स्वास्थ्यमा केही बिकार आउने देखिन्छ। उन्नती प्रगतिमा बाधा हुने दिन छ। विद्यार्थीका लागि पढाई मध्यम रहेको छ। केही व्यक्तिबाट सामान्य  अर्थ व्यय हुन सक्ने छ। व्यापारमा कम फल प्राप्त हुनेछ।  

सिंह राशिः अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। हल्का उदर रोग देखिन सक्छ। दाम्पत्य जीवनमा उत्साहित हुने दिन छ। टेक्निकल क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ। प्रेमिहरुका लागि राम्रो हुने दिन छ।

कन्या राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। वाणी सफल हुने योग छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। हल्का नेत्र रोग देखा पर्न सक्ने छ। रोजगारीको अवसर मिल्ने समय छ।

तुला राशिः स्वदेश भ्रमणको योग छ। कार्यगर्दा होसपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ। परिवारमा अर्थ आर्जन हुने योग देखिन्छ।

वृश्चिक राशिः यात्रा गर्नु राम्रो होला। सामान्य मतान्तर हुन सक्ने हुँदा, त्यसबाट टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। पढाइमा सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा दिन राम्रो छ।    

धनु राशिः पढाईको क्षेत्रमा थोरै बाधा आउने छ। धन आउने योग छ। सामान्य चर्म रोग देखिन सक्छ । व्यापार व्यवसायमा फल प्राप्तिमा केही बाधा छ। बिलासी कार्य र यात्रामा बिचार पुर्याउनु होला।

मकर राशिः ज्ञान क्षेत्रमा रुची बढ्ने छ। आँखामा सामान्य रोग देखा पर्नेछ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। भाइहरुबीच प्रेम सद्भाव रहनेछ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।  

कुम्भ राशिः बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। आर्थिक लाभ कम हुने दिन छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।    

मीन राशिः वैदेशिक यात्राको समय देखिन्छ। साथीभाइ्सँग रमाईलो भेटघाट हुनेछ। पराक्रमका साथ कार्य हुने दिन छ। व्यापार व्यवसायको फल प्राप्तिमा ढिला हुने योग छ। पढाईमा कार्यसिद्धि योग छ।  

प्रकाशित: २३ श्रावण २०८१ ०६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App