समाज

स्काउटको नयाँ ऐन बनाउन पहल गर्छु : खेलकुद मन्त्री चौधरी

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटको  नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन्। 

मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उनले भने, ‘स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको छ ।२०७५ सालमा केही ऐनहरू संशोधन भएका छन्, र बाँकी ऐनहरू मन्त्रालयमा प्रस्तावित अवस्थामा रहेका छन्। अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ।’उनले देश सङ्घीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोही अनुसार रूपान्तरण गर्नुपर्नेमा जोड दिए । स्काउटलाई पनि सङ्घीय संरचना अनुसार देशभरमा लैजानुपर्छ ।७५३ वटै नगरपालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्दत मिल्छ।’उनले भने ।

मन्त्री चौधरीले हाल युवा तथा बालबालिकाहरूमा हुनुपर्ने सामाजिक संस्कार र नैतिक वान संस्कार बिस्तारै खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले भने, ‘अहिले बालबालिका र युवाहरूमा सामाजिक संस्कार र नैतिक चरित्रको कमी देखिराखिएको छ। बिस्तारै यसमा ह्रास आइरहेको छ। स्काउटले यसमा पहल गर्न जरुरी भइसकेको छ।’

स्काउटले प्राकृतिक प्रकोपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री चौधरीले स्काउटलाई थप चलायमान बनाउन लागि पर्ने बताए ।स्काउट अहिले ७ दशमा पार गरिसकेको छ। चाँडै नै शताब्दी मनाउने मोडमा आइपुगेको छ, उनले भने, ‘स्काउटको लक्ष्य हासिल गर्न के पहल गर्नुपर्छ म तयार छु।’उनले स्काउटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँदै सबैलाई आ आफ्नो ठाउँबाट समाजमा असल काम गर्न आग्रह गरे ।

प्रकाशित: २२ श्रावण २०८१ १३:४४ मंगलबार

#Scout #Youth and Sports Minister Tejulal Chaudhary