समाज

ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प

ताप्लेजुङको आँखोप आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको आँखोप  केन्द्रबिन्दु भएर आइतबार साँझ ४ बजेर ४ मिनेट जाँदा ४ दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको हो।

यसअघि साउन १२ गते ताप्लेजुङकै खजेनिम आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्नेच्युडको भूकम्प गएको थियो।

प्रकाशित: २० श्रावण २०८१ १७:२३ आइतबार