समाज

कञ्चनपुरमा नरभक्षी बाघ नियन्त्रणमा

कञ्चनपुरमा शुक्रबार नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ। 

जिल्लाको दोधारा चाँदनी नगरपालिका- २ की हिरा शाहको बिहीबार बाघको आक्रमणबाट मृत्यु भएको थियो। घटनाको करिब २४ घण्टापछि उक्त बाघलाई कमल्साबाट नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक डीएसपी उमेश जोशीले जानकारी दिए।

महिलालाई आक्रमण गरेको नजिकैको स्थानबाट बाघलाई नियन्त्रणमा लिएको उनले बताए। हिजोबाटै हात्तीको प्रयोग गरेर बाघको खोजी भइरहेको थियो। शुक्रबार बाघलाई नियन्त्रण लिएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिएको डीएसपी जोशीकाे भनाइ छ।  

प्रकाशित: १८ श्रावण २०८१ ११:४६ शुक्रबार

#Tiger