समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः नयाँ काम गर्दा विचार पुर्‍याएर गर्नु होला। छालामा सामान्य समस्या देखिन सक्नेछ। जग्गा सम्बन्धी काममा धन प्राप्तीको समय छ। अग्र प्रयासमा नयाँ कार्यफल प्राप्त हुने देखिन्छ।

वृष राशिः अध्यनार्थीका लागि पढाइ र लेखाइमा रुचि बढ्ने छ। स्वास्थ्य समस्याका कारण धन खर्च हुन सक्नेछ। नवीन कार्यमा हात नहाल्नु राम्रो छ। भूमिसम्वन्धी काममा फल प्राप्तिको योग छ।

मिथुन राशिः भ्रमणको समय रहेकाले दिनको पुर्वाद्धमै गर्नुहोला। रमाइलो भेटघाटमा सहभागी हुनुपर्नेछ। पढाइमा दिन शुभ नै छ। मित्रसँग वैचारिक मिलापको योग रहेको छ।

कर्कट राशिः उपलव्धिपूर्ण आर्थिक लाभ हुनेछ। पढाइ र धार्मिक कार्यमा शुभ देखिन्छ। स्वदेश तथा विदेश यात्राको योग छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार ब्यवसाय गर्नेहरूलाई दिन मध्यम छ।

सिंह राशिः रमाइलो भेटघाटमा सहभागी हुनुपर्नेछ। साथीसँग सामान्य शुभ नै छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। स्वास्थमा सुधार आउने छ। वैदेशिक यात्राको योग देखिन्छ। आफन्तबाट धन आउने योग छ।

कन्या राशिः यात्रामा फल प्राप्त योग छ। पराक्रमले कार्यसिद्धि हुने छ। विलासी सम्बन्धी व्यापारको काम आरम्भ नगर्नु होला। स्वास्थ्यमा धन व्यय हुने समय छ। व्यापारिक लगानीहरू कम प्राप्त हुने देखिन्छ।

तुला राशिः सम्मान प्राप्त हुने समय छ। साथीहरुबाट खर्च हुने देखिन्छ। कृषिमा राम्रो फल प्राप्त हुनेछ। अध्ययन र लेखनको क्षेत्रमा दिन राम्रो रहेको छ। व्यापार व्यवसायमा शुभ देखिन्छ। आफन्तसँग शुभ भेटघाट हुनेछ।

वृश्चिक राशिः व्यापार व्यवसायमा राम्रो आम्दानी हुने देखिन्छ। विलासी क्षेत्रमा प्रवेश नगर्नु वेस हुन्छ। उद्योगमा आर्थिक लगानी गर्ने योग छ। शिर रोग देखा पर्न सक्ने छ। उन्नति प्रगतिले कम हुने दिन छ।

धनु राशिः व्यापारमा दिन शुभ छ। वाणी प्रभाव बढ्ने छ। विद्यार्थीका लागि पढाइमा शुभ योग रहेको छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। केही धन सञ्चय हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ।

मकर राशिः ज्ञान क्षेत्रमा मन लाग्ने छ। भाइहरुबीच प्रेम सद्भाव रहनेछ। कानमा सामान्य असहजता आउने देखिन्छ। पराक्रमले कार्यसिद्धि हुनेछ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुनेछ।

कुम्भ राशि: अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। पारिवारिक सदस्यहरूबीच शुभ सम्वन्ध रहने छ। कपडा सम्बन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ।

मीन राशि: राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक लाभ कम हुने दिन रहेको छ। भूमि लाभको योग छ। विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। समाजिक सम्मान मिल्ने छ। वाणी सफल हुने योग छ।           

प्रकाशित: १८ श्रावण २०८१ ०६:५६ शुक्रबार

# rashiphal # Tula Rasi