समाज

बिरामीको बहानामा अस्पताल भर्ना, प्रहरीलाई धकेलेर कैदी फरार

बिरामी भएको बहाना बनाएर कोशी अस्पताल भर्ना भएका कैदी प्रहरीलाई नै लडाएर फरार भएका छन्। 

जबरजस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान अस्पतालबाटै भागेका हुन्। 

पेट दुखेपछि उनी मंगलबारमात्र अस्पताल भर्ना भएका थिए। मोरङ प्रहरीका अनुसार शौचालय गएका उनी बाहिर निस्किएलगत्तै बिहीबार बिहान सवा ५ बजेतिर अस्पतालबाट फरार भएका हुन्। 

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले अहमदलाई २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो। 

उनी मोरङ कारागारमा कैद सजाय काटिरहेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीका अनुसार, भारततर्फ भागेको आशंकामा उनको खोजी भइरहेको छ।

प्रकाशित: १७ श्रावण २०८१ १३:४४ बिहीबार

#police #Koshi Hospital #Kaidi