समाज

कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। आफ्नै खेतबारीमा धान गोड्ने क्रममा बिहीबार बिहान १०:४५ बजेको समयमा बाघले एक्कासि आक्रमण गर्दा दोधाराचाँदनी नगरपालिका वडा नम्बर ०२ कमलशा टोल बस्ने २० वर्षीया हिरा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाघले महिलालाई आक्रमण गरेको भनी स्थानीयले प्रहरीलाई खबर गर्नासाथ उक्त स्थानमा प्रहरी टोली खटिई खोजतलास गर्दै जाँदा महिलालाई उखुबारीमा मृत अवस्थामा फेला पारेको र आक्रमण गर्ने बाघको खोजतलास भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

प्रकाशित: १७ श्रावण २०८१ १३:२३ बिहीबार

#Death #woman #Tigher #Dodharachandni