समाज

आजदेखि पुनः आन्दोलन थाल्दै कृषि प्राविधिकहरू

फाइल तस्बिर

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय अन्तर्गतका कृषि प्राविधिकहरू आजबाट पुनः आन्दोलनमा उत्रने भएका छन्।

आफूहरूको माग पूरा गर्ने सम्बन्धमा कृषि मन्त्रीले दिएको समय सकिएकाले आजबाट पुनः आन्दोलन सुरु गर्ने उनीहरूले बताएका छन्।

अधिकृत स्तरका कर्मचारीहरूले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएर आजबाट पुनः आन्दोलन सुरु गर्न लागेका हुन्।

देशभरका करिब ३०० बढी कृषि प्राविधिक कर्मचारीले काम नगर्ने चेतावनी दिएका छन्।

गत असार १६ देखि मन्त्रालयको प्रवेशद्वारमा १५ दिनसम्म धर्ना बसेका उनीहरूले नयाँ मन्त्री रामनाथ अधिकारीले लिखित रूपमा १५ दिनको समय माग गरेपछि आन्दोलन स्थगित गरेका थिए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको असहयोगका कारण कुनै उपलब्धी हासिल नभएकाले आजबाट पुनः धर्नासहित आन्दोलनमा जान लागेको बताए।

प्रकाशित: १६ श्रावण २०८१ ०७:५८ बुधबार

#ramnath adhikari