समाज

कृषि समिति सभापतिमा थापा निर्विरोध

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन्। मंगलबार अपराह्न साढे ४ बजेपछि बसेको समितिको बैठकमा उनलाई ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। 

सोमबार उम्मेदवारी दर्ता गर्ने क्रममा थापाको मात्र एकल उम्मेदवारी दर्ता भएको थियो। थापाले सोमबार उम्मेदवारी दर्ता गराउँदा कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र एमालेका सूर्यप्रसाद ढकाल समर्थक बसेका थिए। 

रुकुम पूर्व घर भएकी थापा समानुपातिक सांसद हुन्। यसअघि समिति सभापति रहेकी आरजु राणा (देउवा) परराष्ट्रमन्त्री बनेपछि उक्त पद रिक्त रहेको थियो।

प्रकाशित: १६ श्रावण २०८१ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App