समाज

एनसेल टावरमा आगजनी

खोटाङ – अज्ञात समुहले खोटाङमा एनसेल टावरमा आगजनी गरेका छ। दिक्तेल रुपाकोट मझुवागढी–१३ नुनथलास्थित महुरेगढीमा रहेको एनसेल टावरमा बिहीबार राती आगजनी गरेका हुन्।

एनसेल टावरको जेनेरेटर कोठाको ताल्चा काटेर आगजनी गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक चन्द्रभुषण यादवले बताए। आगजनीमा जेनेरेटर, व्याट्री, तार लगायतमा क्षती पुगेको छ। एनसेल टावरमा बिप्लव समुहले आगजनी गरेको अनुमान गरिएको छ।

प्रकाशित: १६ चैत्र २०७४ ०५:३२ शुक्रबार

एनसेल टावरमा आगजनी