समाज

पहिरोपीडितलाई सांसद तामाङको सहयोग

जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा नं ६ फर्पुको पहिरोमा परी मृत्यु भएका किशोरीका परिवारलाई प्रतिनिधि सभाका सांसद एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर ९कान्छाराम० तामाङले राहत रकम उपलब्ध गराएका छन्।

सांसद तामाङले प्रतिपरिवार रु १० हजारका दरले सहयोग गरेका हुन्।

गत बिहीबार राति स्थानीय बिमा तामाङको घर पहिरोले पुरिँदा तीनजना किशोरीको मृत्यु भएको थियो। पहिरोमा परी १७ वर्षीया सीता तामाङ, १४ वर्षीया तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको थियो।

सांसद तामाङले मृतकका आफन्त विमान तामाङ, पदम तामाङ र पेमा तामाङलाई सहयोग हस्तान्तरण गरेका हुन्।  

पीडित परिवारले आफूहरूको बसोबास सुरक्षित स्थानतर्फ सर्नुपर्ने भएकाले विद्युत्लगायत सुविधा व्यवस्थापनका लागि सांसद तामाङसँग अनुरोध गरेका थिए। उक्त वडाका वडाध्यक्ष चन्द्र सुनुवारले पीडित तथा विस्थापित परिवारको व्यवस्थापनका लागि गाउँपालिका र वडाले काम अगाडि बढाएको जानकारी दिए। रासस

प्रकाशित: १३ श्रावण २०८१ ०६:५० आइतबार

#ramechhap #gokulganga rural municipality #landslide