समाज

तपाईकाे आजकाे राशिफल

मेष राशिः शुभयात्राको योग रहेको छ। व्यवसाय र पढाइमा फल प्राप्तिको समय छ। मित्रसँग वैचारिक मिलापको योग देखिन्छ। विदेश यात्राको समय छ। धन आर्जन हुने देखिन्छ। धार्मिक कार्यमा रुचि बढ्ने छ।

वृष राशिः विद्यार्थीका लागि पढाइको योग रहेको छ। लामो यात्रामा प्रवेश नगर्नु होला। सामान्य मतान्तर हुन सक्ने हुँदा, त्यसबाट बच्नु होला। रोग, दुःख हुन सक्छ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ।

मिथुन राशिः नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। धन खर्च हुने योग देखिन्छ। विद्यार्थीलाई पढाई राम्रो छ। कानमा सामान्य समस्या आउन सक्छ। यात्रा गर्नुपर्दा पूर्वाद्र्धमै गर्नु होला। व्यवसायमा लाभ देखिन्छ।

कर्कट राशिः जग्गा सम्वन्धी आर्थिक लाभ हुने दिन छ। व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। विलासी सम्बन्धी व्यापारको काम आरम्भ गर्नु होला। वैदेशिक पढाइको समय छ।

सिंह राशिः काम गर्दा विचार पराक्रमबाट कार्यसिद्धि हुने छ। विद्यार्थीका लागि पढाई दोहोर्याउनुपर्ने हुन सक्छ। उद्योगमा आर्थिक लगानी गर्दा फल मिल्ने योग छ। उन्नतीशील समय छ। सामान्य आर्थिक लाभ हुने दिन रहेको छ।

कन्या राशिः अध्ययनमा सफलता मिल्ने योग छ। नेत्रसम्वन्धी सामान्य विकार आउने देखिन्छ। आफ्नो क्षेत्रमा अस्तित्व र प्रभुत्व बढाउन सफल भइने छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ।

तुला राशिः मन प्रसन्न हुनेछ। वौद्धिक्ताको वृद्धि हुने र धन सन्चित हुने योग छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अध्ययन, अध्यापन र लेखनमा सफलता मिल्ने छ। समाजिक पद र सम्मान मिल्ने छ।

वृश्चिक राशिः वैदेशिक यात्राको योग देखिन्छ। वाणी प्रवाभ वढ्ने छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। व्यवसायमा लगानी गरे उचित लाभ प्राप्त हुनेछ।

धनु राशिः अध्ययनको क्षेत्रमा शुभ फल प्राप्त होला। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापारमा राम्रो फल प्राप्त हुने छ। सामान्य रोग देखा पर्न सक्ने छ। स्वकार्यमा बाधा हुन सक्छ। पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ।

मकर राशिः आफै कार्य आरम्भ गरेमा, फल प्राप्त हुनेछ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। नयाँ काममा फल प्राप्तिको समय छ। धन खर्च हुने योग छ। विलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ । 

कुम्भ राशिः रमाइलो भेटघाटमा सहभागी हुनु पर्ने छ । पढाइ र व्यापार व्यवसाय गर्नेलाई भने दिन राम्रो छ। कुनै पनि कार्यगर्दा होस् नपु¥याएर धन खर्च हुने समय छ। स्वास्थ्यमा केही धन व्यय हुने समय छ।

मीन राशिः व्यवसायमा वृद्धि हुने देखिन्छ। स्वास्थमा सुधार आउने छ। आफन्तहरुसँग शुभ भेटघाट हुनेछ। व्यापार यात्रामा फल प्राप्त योग छ। आफ्नो धन आउने समय छ। सम्मान प्राप्त हुने समय छ।

प्रकाशित: ११ श्रावण २०८१ ०६:१५ शुक्रबार

# Kumbha rasi # Suva yatra