समाज

अस्पतालले भन्यो: क्याप्टेन शाक्यको तीन वटा करङ भाँच्चिएको छ

तस्बिर: बीबीसी

बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको तीन वटा करङ भाँच्चिएको अस्पतालले जनाएको छ।

बिहीबार अस्पतालकी निर्देशक प्रा।डा। मीना थापाले विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको तीन वटा करङ भाँच्चिएको जानकारी दिएकी हुन्।

त्यस्तै क्याप्टेन शाक्यको  स्वास्थ्य अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित: १० श्रावण २०८१ १६:५९ बिहीबार

#saurya Airlines #Pilot Manisharatna Shakya