समाज

आठ करोडको जडीबुटी निर्यात

फाइल तस्वीर

पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा आठ करोड १० लाख १४ हजार रूपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ।

काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयर लगायत वनजन्य उत्पादन निर्यात भएको हो। उक्त आवमा चार करोड ८० लाख ६० हजार रूपैयाँ बराबरको एक सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ। ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथम, सङ्खुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको व्यावसायिक खेती हुँदै आएको छ।

यसैगरी सोही अवधिमा एक करोड ६५ लाख २० हजार रूपैयाँको ८३ मेट्रिक टन मजिठो, ९६ लाख ९४ हजारको एक सय ५१ मेट्रिक टन रिठ्ठा, ११ लाख ३४ हजार रूपैयाँको ११ मेट्रिक टन अमला, १२ लाख रूपैयाँ मूल्य बराबरको २४ मेट्रिक टन चुत्रो निर्यात भएको छ।

प्रकाशित: १० श्रावण २०८१ १०:४४ बिहीबार

#Export of herbs worth eight crores