समाज

यी कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु, सूचनासहित हेर्नुस्!

१७ निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी गरेको छ। विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयलले सूचीमा राख्ने तयारी गरेको हो।

सम्बन्धित निकायबाट कालो सूचीमा राख्न सिफारिसमा भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा सम्पर्कमा नआएपछि कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको हो।

अनुगमन कार्यालयले आज सूचना जारी गर्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ। यो अवधिमा लिखित स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्नेछन्।

सूचनासहित हेर्नुस्!

 

प्रकाशित: १० श्रावण २०८१ १०:२० बिहीबार