समाज

जुलाई २२ सर्वाधिक तातो दिन

साउन ७ गते (२०२४ जुलाई २२) हालसम्मकै सबैभन्दा तातो दिन बनेको छ। पृथ्वीको सरदर तापक्रम उक्त दिन १७.१५ डिग्री सेन्टिग्रेड पुगेको युरोपेली संघअन्तर्गतको कपर्निकस क्लाइमेट चेन्ज सर्भिसले जनाएको हो। जुलाई २२ को ताफक्रमले एकदिन अघि (साउन ६) गतेको सरदर तापक्रम १७.०९ डिग्री सेन्टिग्रेड र त्यसअघि २०२३ को जुलाई ६ तारिखको १७.०८ डिग्री सेन्टिग्रेडको रेकर्डलाई उछिनेको छ।

गत वर्षको जुलाईअघि सन् २०१६ को अगस्ट १३ तारिखमा विश्वको सरदर तापमान सर्वाधिक १६.८ डिग्री सेन्टिग्रेड थियो । १९९१ देखि सन् २०२० सम्मको सरदर तापक्रमको तुलनामा यो वर्ष र गत वर्षको जुलाई महिनाको तापक्रम अधिक छ। ‘२०२४ जुलाई २२ ले सरदर तापमानका हिसाबले यसअघिका सबै रेकर्ड तोडेको छ।

पछिल्ला १३ महिनाको सरदर तापक्रमले त्यसअघिको सबै रेकर्ड तोड्नु झन् आश्चर्यलाग्दो छ,’ कपर्निकस क्लाइमेट चेन्ज सर्भिसका निर्देशक कार्लाे बाउन्टेम्पोले भनेका छन्। उनले आगामी महिना र वर्षमा तापमान वृद्धिले नयाँ रेकर्ड कायम हुन सक्ने बताउँदै पृथ्वी अज्ञात गन्तव्य (अनचार्टेड टेरिटोरी) तर्फ उन्मुख रहेको पनि बताएका छन्।

विश्वव्यापी तापमान वृद्धिको अर्काे प्रमाण के हो भने सन् २०१५ देखि २०२४ सम्मको दैनिक सरदर तापक्रम त्यसअघि रेकर्ड गरिएको सरदर तापमानभन्दा अत्यधिक छ। पृथ्वीका विभिन्न भूभागमा रहेका हजारौ मौसम मापन केन्द्र, भूउपग्रह, राडार, वेदर बेलुन, पानीजहाज तथा पानीमा तैरिने मापन केन्द्रहरूले जमिन र समुद्र सतहमाथिको तापक्रमको तथ्यांकका आधारमा पृथ्वीको सरदर तापक्रम निर्धारण गरिन्छ।

अमेरिकाको नेसनल सेन्टर फर इन्भायरोमेन्टल इनफरमेसनका अनुसार पछिल्ला ७ दिनमा विश्वका ५५० स्थानमा मापन गरिएको दैनिक तापमानले यसअघिको सबै रेकर्ड तोडेको छ। पछिल्ला केही शताब्दीदेखि मात्र वैज्ञानिकले पृथ्वीको तापमानको रेकर्ड राख्न सुरु गरेका हुन् तर जुलाई २२ (सोमबार) को सरदर तापक्रम एक लाख वर्षअघिको हिउँयुग (आइस एज) यताकै सर्वाधिक हुन सक्ने मानिएको छ।

नयाँ रेकर्डको कारण के होला?

उत्तरी गोलार्धमा गर्मीयामसँगै जुन महिनाका अन्तिम दिनदेखि अगस्टको सुरुसम्ममा विश्वको सरदर वार्षिक तापमान बढ्छ। यही मौसमी ढाँचाले विश्व तापमान उकास्छ। गर्मीयाममा उत्तरी गोलार्धको भूभाग बढी तात्छ र दक्षिणी गोलार्धमा रहेका महासागरले तापक्रमलाई चिस्याउने अनुपातभन्दा यो बढी हुन्छ।

 कपर्निकस क्लाइमेट चेन्ज सर्भिसले गरेको एक समीक्षाअनुसार पृथ्वीको दक्षिणी क्षेत्रमा रहेको अन्टार्टिकाको अधिक भूभागमा दैनिक सरदर तापमानमा भएको अकस्मात् वृद्धिका कारण पृथ्वीको सरदर तापमान बढेको हो। उक्त क्षेत्रमा ठुलो मात्रामा हिउँ पग्लेका कारण त्यसो भएको मानिएको छ। पृथ्वीको तापमान बढनुमा मुख्य रूपमा वायुमण्डलमा कार्बनडाइअक्साइड लगायत हरितगृह ग्यासको उत्सर्जन अत्यधिक हुनु हो।

२०२४ सबैभन्दा तातो वर्ष होला त?

कपर्निकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार प्रशान्त महासागरको भूमध्यीय क्षेत्रमा हुने ‘इल निनो’ नामक मौसमी–चक्रको विकास र तीव्रताले सन् २०२४ हालसम्मकै तातो वर्ष हुने अथवा नहुने भन्ने निक्र्योल गर्नेछ। सन् २०२४ का पछिल्ला महिना सन् २०२३ को तुलनामा बढी ताता छन् तर २०२३ का अन्तिम चार महिना असाधारण तवरले तातो भएकाले अहिले नै यी दुई वर्षमध्ये कुन बढी तातो हुन्छ भन्न नसकिने वैज्ञानिक तर्क छ।

तर तापक्रमले त्यसअघिको सबै रेकर्ड तोड्नु झन् आश्चर्यलाग्दो छ,’ कपर्निकस क्लाइमेट चेन्ज सर्भिसका निर्देशक कार्लाे बाउन्टेम्पोले भनेका छन्। उनले आगामी महिना र वर्षमा तापमान वृद्धिले नयाँ रेकर्ड कायम हुन सक्ने बताउँदै पृथ्वी अज्ञात गन्तव्य (अनचार्टेड टेरिटोरी) तर्फ उन्मुख रहेको पनि बताएका छन्।

विश्वव्यापी तापमान वृद्धिको अर्काे प्रमाण के हो भने सन् २०१५ देखि २०२४ सम्मको दैनिक सरदर तापक्रम त्यसअघि रेकर्ड गरिएको सरदर तापमानभन्दा अत्यधिक छ। पृथ्वीका विभिन्न भूभागमा रहेका हजारौ मौसम मापन केन्द्र, भूउपग्रह, राडार, वेदर बेलुन, पानीजहाज तथा पानीमा तैरिने मापन केन्द्रहरूले जमिन र समुद्र सतहमाथिको तापक्रमको तथ्यांकका आधारमा पृथ्वीको सरदर तापक्रम निर्धारण गरिन्छ।

अमेरिकाको नेसनल सेन्टर फर इन्भायरोमेन्टल इनफरमेसनका अनुसार पछिल्ला ७ दिनमा विश्वका ५५० स्थानमा मापन गरिएको दैनिक तापमानले यसअघिको सबै रेकर्ड तोडेको छ । पछिल्ला केही शताब्दीदेखि मात्र वैज्ञानिकले पृथ्वीको तापमानको रेकर्ड राख्न सुरु गरेका हुन् तर जुलाई २२ (सोमबार) को सरदर तापक्रम एक लाख वर्षअघिको हिउँयुग (आइस एज) यताकै सर्वाधिक हुन सक्ने मानिएको छ।

नयाँ रेकर्डको कारण के होला?

उत्तरी गोलार्धमा गर्मीयामसँगै जुन महिनाका अन्तिम दिनदेखि अगस्टको सुरुसम्ममा विश्वको सरदर वार्षिक तापमान बढ्छ। यही मौसमी ढाँचाले विश्व तापमान उकास्छ । गर्मीयाममा उत्तरी गोलार्धको भूभाग बढी तात्छ र दक्षिणी गोलार्धमा रहेका महासागरले तापक्रमलाई चिस्याउने अनुपातभन्दा यो बढी हुन्छ।

 कपर्निकस क्लाइमेट चेन्ज सर्भिसले गरेको एक समीक्षाअनुसार पृथ्वीको दक्षिणी क्षेत्रमा रहेको अन्टार्टिकाको अधिक भूभागमा दैनिक सरदर तापमानमा भएको अकस्मात् वृद्धिका कारण पृथ्वीको सरदर तापमान बढेको हो । उक्त क्षेत्रमा ठुलो मात्रामा हिउँ पग्लेका कारण त्यसो भएको मानिएको छ। पृथ्वीको तापमान बढनुमा मुख्य रूपमा वायुमण्डलमा कार्बनडाइअक्साइड लगायत हरितगृह ग्यासको उत्सर्जन अत्यधिक हुनु हो।

२०२४ सबैभन्दा तातो वर्ष होला त?

कपर्निकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार प्रशान्त महासागरको भूमध्यीय क्षेत्रमा हुने ‘इल निनो’ नामक मौसमी–चक्रको विकास र तीव्रताले सन् २०२४ हालसम्मकै तातो वर्ष हुने अथवा नहुने भन्ने निक्र्योल गर्नेछ।

सन् २०२४ का पछिल्ला महिना सन् २०२३ को तुलनामा बढी ताता छन् तर २०२३ का अन्तिम चार महिना असाधारण तवरले तातो भएकाले अहिले नै यी दुई वर्षमध्ये कुन बढी तातो हुन्छ भन्न नसकिने वैज्ञानिक तर्क छ।

तर वर्कले अर्थका वैज्ञानिकले गत साता प्रकाशन गरेको एक प्रतिवेदनअनुसार सन् २०२४ ले सरदरमा तापमानका हिसाबले रेकर्ड कायम गर्ने सम्भावना ९२ प्रतिशत छ। औद्योगिक क्रान्ति सुरुअघिको तुलनामा यो वर्षको सरदर तापमान १.५ डिग्री सेन्टिग्रेडले बढी हुने निश्चितप्रायः बनेको वैज्ञानिक तर्क छ।

 जलवायुसम्बन्धी पेरिस सम्झौताले यो शताब्दीको अन्त्यसम्म औद्योगिक क्रान्ति सुरु हुनुअघिको तापमानको तुलनामा पृथ्वीको सरदर तापमान वृद्धिलाई सकेसम्म १.५ डिग्रीमा सीमित राख्ने लक्ष्य लिएको छ।

वैज्ञानिक आकलनका अनुसार यो अवधिमा पृथ्वीको तापक्रम १.३ डिग्रीले बढी सकेको छ र विश्वका देशले हाल अंगिकार गरेको नीति तथा लक्ष्यको कार्यान्वयन भएको अवस्थामासमेत यो शताब्दीको अन्त्यसम्म तीन डिग्री सेन्टिग्रेडले तापक्रम बढ्ने देखिएको छ।

अधिक तापक्रमको प्रभाव

मानवजन्य क्रियाकलापका कारण पृथ्वीको सरदर तापमान बढ्दा तातो हावा, बाढीपहिरो, डढेलोजस्ता जलवायुजन्य विपत् बढ्दो क्रममा छन्। विश्वको सरदर तापमान बढ्दा यसले गर्मीजन्य रोग बढ्ने, बाह्य क्षेत्रमा काम गर्ने कामदार तथा किसान प्रभावित हुने वैज्ञानिक तर्क छ। जलवायु परिवर्तनका कारण २०३० देखि २०५० सम्म हरेक वर्ष थप २ लाख ५० हजार मानिसको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको आकलन छ।

विशेषगरी मलेरिया, कुपोषण, झाडापखाला र गर्मीका कारण सिर्जना हुने तनावका कारण मृत्युदर बढ्ने मानिएको छ। आधारभूत स्वास्थ्य संरचना अभावमा स्वास्थ्यसम्बन्धी जोखिम थेग्न नसक्ने विकासशील राष्ट्रमा यस्तो हताहती बढी हुने संगठनको आकलन छ।

प्रकाशित: १० श्रावण २०८१ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App