समाज

सौर्य एयरलाइन्स दुर्घटनाः मृतकका शव त्रिवि शिक्षण अस्पतालमा लैजाने तयारी

सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएकाहरुको शब त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको छ। 

दुर्घटनामा परेको जहाजबाट १५ जनाको शव निकालिएको छ भने क्याप्टेन मनिश शाक्यसहित दुईजनाको सकुशल उद्धार भएको छ।

शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए।

उनले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए। 

प्रकाशित: ९ श्रावण २०८१ १२:४० बुधबार

#Saurya Airlines #Saurya Airlines crash