समाज

सौर्य एयरलाइन्स दुर्घटनाः १५ जनाको शव निकालियो, क्याप्टेनसहित दुईको उद्धार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १५ जनाको शव निकालिएको छ। क्याप्टेन मनिश शाक्यसहित दुईजनाको सकुशल उद्धार भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) दीपक थापाले यो कुरा पुष्टि गरेका हुन्।  

‘कसैले जहाजमा १९ जना भनिरहेका छन्, कसैले १७ जना। १७ जना सवार भएको भए हिसाब मिलिसक्यो। तर १९ जना भएको भए दुईजनाको खोजी गरिरहेका छौं,’ घटनास्थलबाट नागरिकसँग कुरा गर्दै उनले भने।

प्रकाशित: ९ श्रावण २०८१ १२:२४ बुधबार

#Tribhuvan International Airport