समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, अन्तर्राष्ट्रिय उडानका विमान होल्ड र डाइभर्ट

सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।

विमानस्थल बन्द गरिएसंगै आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ।

यस्तै ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान बंगलादेश एयरलाइन्सको बीबीसी ३७१ विमान सिमराको आकाशमा होल्ड भएर ‘डाइभर्ट’ गरिएको छ।

त्योसँगै बिहार राज्यको सितामढी क्षेत्रको आकाशमा थाइ एयरवेजको टीजी ३१९ विमान होल्ड गरिएको छ।  

प्रकाशित: ९ श्रावण २०८१ १२:२२ बुधबार

#Tribhuvan International Airport