समाज

रोकिराखेको टिपरमा ठाेकिँदा स्कुटर चालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली मनोहरा सिद्धार्थ पेट्रोल पम्प अगाडि ओरालोमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

काठमाडौंबाट भक्तपुरतर्फ आउने सडक खण्डको बायाँतर्फ साइडमा बिग्रेर रोकी राखेको लुम्बिनी २ ख १९०४ नं को खाली टिपरको पछाडिको भागमा सोही दिशातर्फबाट आउँदै गरेको प्रदेश ३–०२–००६ प ९०३५ नं को स्कुटर अचानक अनियन्त्रित भई ठोक्किन जाँदा स्कुटर चालकको मृत्यु भएको हो। 

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार तेह्रथुम साप्ला वडा नं ५ घर भई हाल भक्तपुर कौशल्टार सागबारी बस्ने वर्ष २१ वर्षीय नवीन पुदुङ (लिम्बु) गम्भीर घाइते भई तत्कालै उपचारको लागी भक्तपुर ईन्टरनेशनल अस्पताल लगिएकोमा उपचारकै क्रममा मंगलबार उनको मृत्यु भएको हो। 

परिसरका सूचना अधिकृत राजन कार्कीले घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले  प्रारम्भिक अनुसन्धान कार्य गरी दुवै सवारी साधन र टिपर चालक काभ्रे जिल्ला भुम्लु गाउँपालिका वडा नं १० बस्ने वर्ष २६ को पुजन शाहलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जानकारी गराए।

प्रकाशित: ८ श्रावण २०८१ १८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App