समाज

ललितपुरमा १०६ वर्ष पुरानो दमकल सञ्चालनमा

ललितपुर महानगरपालिकाले सयवर्ष पुरानो दमकल पुनःसञ्चालनमा ल्याएको छ।  

आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरले पुरातात्विक महत्त्वको १०६ वर्ष पुरानो दमकल सञ्चालनमा ल्याएको हो।  

१०६ वर्षअघि डेनिस कम्पनीको दमकल बेलायती सरकारले तत्कालीन बाग्मती अञ्चलाधीश कार्यालयलाई उपहार स्वरूप दिएको थियो।  

बेलायत सरकारले ऊ बेला काठमाडौं र भक्तपुरलाई पनि उपहार दिएको बताइए पनि ती अहिले अस्तित्वमा छैनन्।  

मर्मतपछि पुनःसञ्चालनमा ल्याइएको उक्त दमकलले ८० फिट माथिसम्म पानी फाल्न सक्ने महानगरको भनाइ छ।  

दमकललाई महानगरले रंगरोगन गर्दै नयाँ स्वरुप दिएको छ। 

प्रकाशित: ६ श्रावण २०८१ १४:१६ आइतबार

#106 Barsa Purano #Damkal #lalitpur metropolitan city #chiribabu maharjan