समाज

मनसुनजन्य विपद्बाट १ सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित

बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ।

सडक विभागको तथ्याङ्कअनुसार विपद्का कारण मुलुकभर १६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् भने एक सय ४७ राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। यस्तै राष्ट्रिय राजमार्गमा पर्ने छवटा पक्की पुलमा अवरोध भई आवतजावतमा बाधा पुगेको छ।

मौसम पूर्वानुमान महाशाखाले भोलिसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै यात्रा गर्दा जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ। रासस

प्रकाशित: ३ श्रावण २०८१ ०६:५० बिहीबार

#mansoon #highway #nation highway