समाज

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

फाइल ।

बर्दियामा हात्तीको आक्रमणमा परी साेमबार एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको मृत्यु भएको र सोही वडाको सुजनपुरका २५ वर्षीय विश्राम थारु आक्रमण गरी घाइते भएका बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए।

घाइते थारुको हात भाँचिएको छ। उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज पठाइएको संरक्षण अधिकृत वाग्लेले बताए।

बर्दिया राष्ट्रिय निकुञ्ज अम्रेनी क्षेत्रमा कुलो मर्मत गर्न गएको टोलीलाई हात्तीले आक्रमण गरेको थियो।

प्रकाशित: ३१ असार २०८१ २२:२१ सोमबार