समाज

सुस्तामा भेटिएका दुवै शवको पहिचान खुल्यो, एकजना भरतपुरका एकजना रौतहटका

त्रिवेणीस्थित सुस्ता नहरमा आइतवार फेला परेका दुवै शवको पहिचान खुलेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अुनसार पहिचान खुलेका मध्ये एकजना भरतपुर महानगरपालिका–२२ पदमपोखरीका २२ वर्षीय सुदिप विक र अर्का एकजना रौतहटको जमुनामाई–४ बस्ने १७ वर्षीय फिरोज राहुप मिया रहेका छन्।

भरतपुर–२२ का सुदिप वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०३–००६ख१५१६ नम्बरको बसमा सवार थिए भने रौतहटका मिया काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको प्रदेश०३–००१ख२४९५ नम्बरको बसमा सवार थिए। उनीहरूको शव पूर्वी नवलपरासीको विनयी त्रिवेणीबाट गएराति करिब २ बजेतिर चितवन ल्याइएको थियो।

योसँगै हालसम्म फेला परेका ११ शवमध्ये सात वटा शवको पहिचान खुलेको छ भने अन्य चार वटा शवको सनाखत हुन बाँकी छ।  

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौबाट गौर जाँदै गरेको प्रदेश ०३– ००१ ख २४९५ नम्बरको गणपति बसमा गरी ६५ जना यात्रु रहेका थिए। दुबै बस शुक्रवार बिहान ३ः३० बजेतिर लेदोसहितको पहिरोका कारण त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ।

प्रकाशित: ३१ असार २०८१ ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App