समाज

ठमेलबाट ५ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ

काठमाडौँको ठमेलबाट ५ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ परेका छन्।

आइतबार प्रहरी परिसर काठमाडौँले ठमेलबाट ५ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ ठमेलस्थित  काठमाडौं सिटी होटलमा लागू औषधको कारोबार भइरहेको विषेश सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोली र प्रहरी वृत्त लैनचौरबाट खटेको संयुक्त टोलीले खानतलासी गरेको थियो। सोही क्रममा होटलको एक कोठामा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर राखिएको कोकिन जस्तो देखिने पदार्थ ५ किलो ८२० ग्रामसहित एकजना महिला पक्राउ परेकी हुन्।

प्रहरीका अनुसार बरामद गरिएको उक्त लागूपदार्थको मूल्य करिब २० करोड ३७ लाख अनुमान गरिएको छ।

पक्राउ परेकी महिला मलेसियाको जोहोर बस्ने करिब ४७ वर्षकी हुन्।

प्रकाशित: ३० असार २०८१ १२:२८ आइतबार

#Nepal Police #Malaysian citizen