समाज

गैंडाकोट ७ मा फेरि एकजनाको शव भेटियो, सनाखत हुन बाँकी

नवलपुरको गैंडाकोट ७ स्थित नारायणी नदीको टापुमा फेरि एकजनाको शव फेला परेको छ।

सिमालताल बस दुर्घटनामा परेका यात्रुहरूको खोजी गर्ने क्रममा उद्धार टोलीले आज बिहान गैडाकोट ७ मा अर्को शव फेला पारेको हो। फेला परेको शवको सनाखत हुन बाँकी छ भने उक्त शव बस दुर्घटनाकै यात्रुको हुन सक्ने अनुमान गरिएको छ।

यसअघि शनिवार पनि सोही क्षेत्रमा दुईजनाको शव फेला परेको थियो।

त्यस्तै आज बिहान चितवनको भरतपुर २८ गोलाघाटमा एकजनाको शव फेला परेको थियो। उक्त शवको पनि पहिचान खुल्न बाँकी रहेको छ।

हालसम्म खोजी कार्यमा ५ जनाको शव फेला परिसकेको छ। जसमा ३ जनाको पहिचान खुलिसकेको छ भने अन्य २ जनाको शवको सनाखत हुन बाँकी रहेको छ।

प्रकाशित: ३० असार २०८१ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App