समाज

कास्कीमा पहिरोमा परि थप २ जनाको मृत्यु, २ बेपत्ता

कास्कीमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ। अन्य २ जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा–३२ चैनपुरकी आरती ओझाको घर पहिरोेले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको हो। ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन्।

मादी गाउँपालिका–११ मा पहिरोेमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि पहिरोेमा परी बेपत्ता भएकी छिन्। पहिरोमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले पहिरोेमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिए।

उनले पहिरोेमा बेपत्ता भएकाहरूको खोजी भइरहेको पनि बताए।

राति नै पोखरा महानगरपालिका १९ पुरुन्चौरका कुलबहादुर परियारको घर पहिरोले पुरिँदा ७ जनाको मृत्यु भएको थियो।

प्रकाशित: २८ असार २०८१ ०७:३१ शुक्रबार

#landslide #kashki