समाज

काठमाडौं उपत्यकासहित अधिकांश भू-भागमा पर्दैछ पानी, यी स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रवार बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको  थोरै स्थानहरूमा साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

यस्तै आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाले देशका धेरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको हुँदा सम्भावित जोखिमबाट बच्न आवश्यकत सतर्कता र सावधानी अपनाउन आग्रह गरेको छ।

यस्तो छ आगामी दुई दिनको मौसम सम्बन्धी जानकारीः

२०८१ असार २९ गते (शनिवार)

दिउँसोː देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै कर्णाली र प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

२०८१ असार ३० गते (आइतवार)

दिउँसोː देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र  लुम्बिनी  प्रदेशका एक–दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २८ असार २०८१ ०६:५८ शुक्रबार

#weather #heavy rain