समाज

चोरी भएको टयाक्टरसहित ताप्लेजुङको दोभानबाट समातिए एक युवक

चोरी गरिएको ट्रयाक्टरसहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। गत असार २२ गते चोरी भएको ट्रयाक्टरसहित ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ का २१ वर्षीय प्रकाश मगरलाई प्रहरीले नियन्त्रण लिएको हो। 

ताप्लेजुङको मेरिङदने गाउँपालिका वडा नं ३ दोभानका जयप्रसाद भट्टराईले संचालन गर्दै आएको मे १ त ७१७१ नम्बरको ट्रयाक्टर चोरी भएको थियो। भट्टराईकै घर अगाडि पार्किङ गरी राखेको टयाक्टर असार २२ गते हराएको बताइएको छ। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार चोरी भएको टयाक्टर खोजी गर्ने क्रममा असार २३ गते फुङलिङ नगरपालिका वडा नं ९ को बैदारेमा मगरले चलाई रहेको अवस्थामा फेला पारिएको थियो। ट्रयाक्टर चलाई राखेका मगरलाई प्रहरीले सोधपुछ गर्नसाथ सो स्थानबाट फरार भएको प्रहरीले जनाएको छ। 

प्रहरीले खाजी गर्ने क्रममा मगरलाई उनकै निवासबाट मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ। उनलाई जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ को दफा १४ को ३ बमोजिम ७ दिन हिरासतमा राख्ने म्याद लिई विस्तृत अनुसन्धान जारी राखेको समेत प्रहरीले जनाएको छ। 

प्रकाशित: २७ असार २०८१ ०८:५३ बिहीबार

#police #tractor #stolen