समाज

आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन

पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन भएको छ।

आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिक आज दिउँसो खसेको पहिरोले उक्त खण्ड एकतर्फी सञ्चालन भएको हो। 

ऐनापहरास्थित सडकमाथिबाट डाँडा खसेपछि सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरो हटाएर दुईतर्फी सडक सञ्चालन गरिएको हो। म्याग्दे गाउँपालिका–६ स्थित मौरीओडार सडक पनि एकतर्फी रूपमा सञ्चालन भएको छ। 

प्रकाशित: २६ असार २०८१ १७:२६ बुधबार

#Ambukhaireni-Mughlin road