समाज

मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, एकजना घाइते

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा ट्रक चालक रुन्टीगढी गाउँपालिका ६ निगालपानीका ३२ वर्षीय महेश थापा रहेका छन्।

प्रहरीका अनुसार रुन्टीगढी गाउँपालिका ६ स्थित स्यालास्थित सावडाँडादेखि डुब्रिङ हुँदै होलेरी जोड्ने भित्री सडक खण्डमा रा १ ख २१३९ नम्बरको मिनी ट्रक मङ्गलवार राति दुर्घटनामा परेको थियो। दुर्घटनामा परेका थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ८ वर्षीय बालक सुजन रावत भने घाइते भएका छन्। उनको टाउको र ढाडमा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते रावतको उपचार  प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा भइरहेको छ।

प्रकाशित: २६ असार २०८१ १०:४३ बुधबार

#Rolpa #mini truck accident