समाज

पहिरोले धरान-धनकुटा सडक अवरुद्ध

फाइल तस्बिर

निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध भएको छ।

धनकुटाको सागुरीगढी–६ स्थित फेदीमा पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए।

सो सडकखण्डमा पर्ने फेदी, घण्टे र नमस्ते झर्ना क्षेत्रमा पहिरो झरेकोले सवारी आवतजावतमा समस्या भएको उनले बताए।  

गर्जुवा खोलाबाट आएको बाढीका कारण ढुङ्गा र माटोसहितको लेदोले सडक ढाकेको उनले बताए। “बाटो खोल्ने काम भइरहेको छ, पानी परिरहेकोले कतिखेर कहाँ पहिरो झर्नसक्ने अवस्था हुनसक्ने भएकोले सजक भएर हिँड्नुपर्ने अवस्था छ”, उनले भने।

प्रकाशित: २५ असार २०८१ १२:३२ मंगलबार

#Dharan-Dhankuta road