समाज

पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

ललितपुरको बागमती गाउँपालिका–३ कान्ति लोकपथको कार्कीबासमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ।

सोमबार बिहान पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। 

पहिरो खस्दा मानवीय क्षति नभएको बताइएको छ। अहिले बाटो खुलाउने प्रयास जारी रहेको प्रहरीले बताएको छ ।  

प्रकाशित: २४ असार २०८१ ११:०४ सोमबार

#Kanti-Lokpath