समाज

बर्षातले कर्णाली प्रदेशमा विद्युत् सेवा अवरुद्ध

कर्णाली प्रदेशमा आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको छ।

सुर्खेतको लेकबेशी नगरपालिका–६, हिलेशोतामा रुख ढलेर विद्युत् तारमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको हो।

कोहलपुर–सुर्खेत ३३ केभी अन्तर्गतको मुख्य लाइन अवरुद्ध भएपछि सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालिकोट हुँदै माथिल्लो कर्णालीका जिल्लाहरू समेत विद्युत् विहीन बनेका हुन्।

विद्युत् तार बनाउन अझै केही समय लाग्ने विद्युत् वितरण केन्द्र कालिकोटले जनाएको छ। अहिले काम भइरहेको भएपनि बत्ती बल्न समय लाग्ने बताइएको छ।

प्रकाशित: २३ असार २०८१ १७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App