समाज

शुक्रबार रातिदेखिको लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित, पहाडमा पहिरो, तराईमा बाढी

शुक्रवार रातिदेखि लगातार अविरल वर्षा भइरहेको छ। वर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबान हुँदा जनजीवन प्रभावित बनेको छ। 

लगातारको वर्षाले देशभरका सडक अवरुद्ध हुनुका साथै विद्युत, खानेपानीका क्षेत्रमा असर पुर्‍याएको छ। जसका कारण दैनिक जीवनयापन नै प्रभावित बन्न पुगेको छ।

पहाडी क्षेत्रमा बाढी र पहिरोले बाटोघाटो अवरुद्ध भएको छ,भने तराई-मधेशमा डुबान परेको छ। कतिपय स्थानमा घरभित्रै पानी पसेको छ।

देशका प्रमुख नदीहरूमा जलस्तर बढेको छ। कतिपय नदीमा पानीको सतह बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र नदी छेउका बस्तीहरुलाई सतर्क रहन आग्रह गरिएको छ।

मनसुनी वायुको प्रभावले देशभर शुक्रबार रातीदेखि पूर्णतया बदली रही वर्षा भइरहेको छ। 

प्रकाशित: २३ असार २०८१ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App