समाज

गहवामाईको दोस्रो रथयात्रा सुरु

पर्साको प्रसिद्ध गहवामाईको दोस्रो रथयात्रा आज सुरु भएको छ।

वीरगञ्ज महानगरको ऐतिहासिक एवं धरोहरको रुपमा रहेको गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा आजबाट वृहत्त रथ यात्रा सुरु गरिएको समितिका अध्यक्ष श्याम पोखरेलले बताए।

गत वर्षदेखि सुरु भएको रथ यात्रालाई यसवर्ष निरन्तरता दिँदै थप भव्य रुपमा रथयात्रा सुरु गरिएको अध्यक्ष पोखरेलले बताए।

रथयात्राका लागि समितिले रथ भित्रको मण्डपलाई चाँदीको र काठले बनाइएको पुरानो रथलाई थप व्यवस्थित गरेको छ।

प्रकाशित: २३ असार २०८१ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App